यही शुक्रबार बाट प्रदर्शनको तयारीमा रहेको

टिमले आइतबार प्रेसमिट गरेको छ । पुष १५ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्माता तथा कलाकारहरुले दर्शकले ‘समर्पण’ लाई मन पराउने विश्वास व्यक्त गरे ।
चलचित्र रिलिजको छेको पारेर बंगलादेशबाट नेपाल आएका निर्माता इमरान सिद्धिकीले आफ्नो सपना पुरा भएको बताएका छन् । उनले नेपाली चलचित्र निर्माण गर्ने आफ्नो सपना भएको भन्दै यसलाई पुरा गर्न साथ दिने सबैलाई धन्यवाद दिए ।
नेपाल संगै बंगलादेशका बिभिन्न स्थानमा छायांकन गरिएको चलचित्रले यूवापुस्ताको प्रेम, वियोग र रोमान्सको कथालाई उठान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
बसन्त निरौलाको निर्देशन रहेको फिल्म ‘समर्पण’ मा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवि शर्मा, आशा भूषाल, अञ्जु पराजुली लगायतको अभिनय रहेको छ । रोजन रखालको प्रस्तुतिमा फिल्मलाई बंगलादेशका नागरिक इमरान सिद्धिकीले निर्माण गरेका हुन् । टंक बुढाथोकीले संगीत दिएको फिल्ममा दिव्य सुवेदी, दिनेश वान्तवा र जय कुमार दर्लामी मगरको छायाँकन रहेको छ ।