बिष्णु कुमार आले, अर्घाखाँची पौस ११ ।
माटोको ढिस्कोले पुरिएर अर्घाखाँची अर्घातोष ४ मानेपोखराका शिव बहादुर बिकको १३ बर्षिय छोरी अस्मिता बिकको ज्यान गएको छ । सगै सुरुङ भित्र पसेर माटो खनिरहेका अर्घातोष ४ मानेपोखराकै ३५ बर्षिय माया बिक गम्भिर घाईते हुनु भएको छ ।
घर नजिकै मुसामारे ठाउँमा घर पोत्ने माटो खन्नेक्रममा ढिस्कोले पुरिएर घाईते भएकी अस्मिता बिकको उपचारको क्रममा भैरहवा मेडीकल कलेजमा मृत्यु भएको हो । मृतक बिक श्री सरस्वती माबि सुर्यथुममा कक्षा ९ मा अध्यनरत बिधार्थी हुन् । घाईते माया बिकलाई थप उपचारको लागी मिसन अस्पताल पाल्पा लगीएको छ ।
यसै बिच अर्घाखाँचीको मैदान गाबिसको अमिल डाँडा ,घाँसखोला हुदै केम्राघारी मन्दिर सम्म पहिलो पटक मोटर पुगेपछी स्थानिय नागरिक खुसी भएका छन् । सालझन्डी ढोरपाटन सडक खण्डको मध्य भागमा पर्ने उक्त कच्ची मोटरबाटो स्थानिय नागरिकको अथक जनश्रमदान र आर्थीक लगानीमा निर्माण गरिएको हो ।