काठमाडौं । तेस्रो एल्बम मिलन संजोग सार्वजनिक गर्ने तयारीमा रहेकी गायिका मिलन अमात्य सांस्कृतिक कार्यक्रम प्रस्तुतिका लागि हङकङ पुगेकी छिन् ।
पाथिभरा क्लब हङकङको आयोजनामा हुने पाथिभर साँझ-२ मा उनले आफ्ना केही चर्चित गीत प्रस्तुत गर्ने भएकी छिन् । प्रदर्शोन्मुख चलचित्र शब्द र सार्वजनिक हुनै लागेको नयाँ एल्बमको गीत पनि गाउने छु ‘ अनलाइनखबरसँग कुरा गर्दै मिलनले भनिन् । हङकङ शहरमा प्रस्तुति दिन लागेको यो चौथो पटक हो ।
नयाँ गीतका अतिरिक्त पुराना चर्चित गीत पनि गाउनेछिन् । मिलन भन्छिन् ‘पुराना चर्चित गीत त नगाई सुखै पाउँदिन्’ हङकङमा मिलनको अतिरिक्त दिपक लिम्बु लगायतले पनि गीत प्रस्तुत गर्ने भएका छन् ।
हङकङको कार्यक्रम सकेर उनी बेलायत जाने भएकी छिन् । तमु धी युकेको आयोजनामा हुने १६ औ ल्होच्छारको अवसरमा पनि उनले गीत प्रस्तुत गर्ने भएकि छिन् । बेलायतमा उनी तीनवटा कार्यक्रममा सहभागी हुने भएकि छिन् । केहि नयाँ गीतको अतिरिक्त गाला रातै, स्लोली, आवाज देउलगायतका गीत प्रस्तुत गर्ने भएकी छिन् । केहि स्थानीय कलाकारको पनि प्रस्तुति रहने भएको छ ।