गोपाल भण्डारी, कपिलवस्तु ।
सिचाई राज्यमंत्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्ला स्थित बाणगंगा सिचाई व्यवस्थापन डिभिजन र सिचाई विकास डिभिजन कार्यालको अवलोकन भ्रमण गर्नु भएको छ । दुवै कार्यालयका कर्मचारीहरुले राज्यमंत्री आचार्यलाई स्वागत तथा शुभकामना व्यक्त गरेका छन् ।
राज्यमंत्री आचार्यलाई अवलोकन भ्रमणका क्रममा दुवै कार्यालयका प्रमुखहरु नेत्र बोहरा र तारा प्रसाद भट्टले जिल्लाको सिचाईको अवस्था, संभावना र चुनौतीहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा राज्यमंत्री आचार्यले जिल्लामा सिचाईको व्यवस्थापनका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यालय अवलोकन तथा निरिक्षणका क्रममा संचारकर्मीहरुसंग कुरा गर्दै राज्यमंत्री आचार्यले सिचाईको विकास विना कृषिको विकास हुन नसक्ने भन्दै आफुले मुलुकै सिचाई विकासका लागि विशेष जोड दिने बताउनु भयो ।
राज्यमंत्री आचार्यलाई सिचाई कार्यालय परिसरमा प्रहरी उपरीक्षक भोजजंग शाह, नेपाली कांग्रेसका उपभासभापति अब्दुल कलाम खां, नेपाली कांग्रेस जिल्ला सचिव महेन्द्र पाठक, कोषाध्यक्ष शोहरत तेली लगायतको उपस्थिति रहेको थियो ।