काठमाडौं, पुस ९
सरकारले भोलि आइतबार क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट बिदा तोकिएको हो ।
यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सूचीमा क्रिसमसमा इसाई धर्मावलम्बीका लागि मात्र बिदा दिइएको थियो । शनिबारको मन्त्रीस्तरीय निर्णयबाट सबैलाई बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो ।