दिपक अनुरागी, कपिलवस्तु पुष ९ ।
श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समितीले आर्थिक बर्ष २०७३÷७४ मा १ करोड ६० लाख बराबरको प्रस्तावित आय आज सार्वजनिक गरेको छ । समितीको आज सिद्धार्थ उच्च मावि बुङ्चीमा भएको छैठौ साधारणसभामा कोषाध्यक्ष सुनिता सेनले प्रस्तुत गरेको प्रतावित आयलाई सर्वसम्मत रुपमा पारित गरिएको छ ।
जसमा काठ विक्रि वितरणबाट करिब १ करोड ३६ लाख, दाउरा विक्रिबाट १ लाख ५३ हजार, बल्लाबल्ली विक्रि वितरणबाट ५ लाख, बन प्रवेशबाट १ लाख, दण्ड जरिवानाबाट ५० हजार, परिचयपत्र नविकरणबाट १० हजार र अनुदान तथा पुरस्कारबाट १ लाखको प्रस्तावित आयमा राखिएको छ ।
साधारणसभामा बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै समितीकि अध्यक्ष रेनु सेनले श्रृङिघाट सामुदायिक बन संग जोडिएको उत्तर क्षेत्रमा अवस्थित राष्ट्रिय बनलाई ४ बर्ष सम्म संरक्षण गरेको कामलाई प्रशंसा गर्दै जिल्ला बन कार्यलय कपिलवस्तुले सम्मान गर्नु बनको विश्वसनियतामा टेवा पु¥याएको बताउनुभयो । आर्थिक बर्ष २०७२÷०७३ को बार्षिक कार्ययोजना अनुसार पहिलो बर्षको बन व्यवस्थापन कार्य सम्पन्न हुन पुगेको उहाले जनाउनुभयो ।
साधारणसभाको प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला बन अधिृकत रामहरी सेढाईले सामुदायिक बन समुदाय केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभयो । समुदायका आर्थिक विपन्नता, गरिब, महिला, आदीबासी, जनजातीलाई आर्थिक रुपमा सबल पार्ने काम सामुदायिक बनले गर्नुपर्ने उहाले जनाउनुभयो ।
उक्त अवसरमा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, वरिष्ठ समाजसेवी कमल प्रसाद आचार्य, त्रिशक्ति सामुदायिक बनकी कोषाध्यक्ष तुलसा पंथी, समाजसेवी नागेन्द्र रौतार, शंकर पौडेल, रामजी सेन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बनकि अध्यक्ष रेनु सेनको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव मिरा चौधरीको स्वागत मन्तवय र सदस्य कृष्ष प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।