दीपा महत कपिलवस्तु पौष ६ ।
कपिलवस्तु सञ्चार सहकारी संस्थाको रेडियो कार्यक्रम ब्यवस्थापन उपसमितीको वैठक बसेको छ । वैठकले पौष १६ मा वोर्ड र उपसमिती तथा स्टापहरु बिच संयुक्त बैठक बसी रेडियोको गुणस्तर अभिवृद्धिका लागी कार्यशाला राख्ने निणर्य गरेको छ ।
वैठक संस्थाका अध्यक्ष पोम नारायण पौडेलको प्रमुख आतिथ्यता, अनुगमन समितीका संयोजक डम्मर शर्मा र ब्यवस्थापक भेषराज पाण्डेको आतिथ्यतामा बसेको हो ।
कार्यक्रम ब्यवस्थापन उपसमिती संयोजक फुलकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव हरी अधिकारीले गर्नु भएको हो ।