सञ्जय कुमार चौधरी पौष ६ ।
नेकपा माओवादी केन्द्र वाणगंगा नगर कमिटीको एकता भेला आज बोडगाउमा भएको छ । भेलाले विष्णु बेल्वासेको अध्यक्षतामा ५१ सदस्यीय वाणगंगा नगरकमिटी गठन गरेको बताइएको छ । १० माओबादी घटकको एकता पश्चात वाणगंगा नगरपालिका भित्र पनि एकता गरिएको उक्त पार्टिले जनाएको छ ।
कार्यक्रम नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कमल चुदाली, कपिलवस्तु सहइन्चार्ज रुद्रलाल बन्जाडे, विष्णु साह, द्रोण राज सुवेदीले प्रशिक्षण दिनु भएको थियो । साथै भेला सुवास सल्यानीको सञ्चालन र राम प्रसाद गैरेको स्वागतमा सम्पन्न भएको थियो ।