सन्तोष पन्थी,कपिलबस्तु, मंसिर २३ ।
‘बैज्ञानिक कृषि प्रणाली र समुन्नत औद्योगिक क्षेत्र निर्माण हाम्रो अभियान, ऐतिहासिक पुरातात्विक सम्पदा हाम्रो पहिचान’ भन्ने मुल नाराका बुद्ध रंगशालामा ८ औ कपिलबस्तु महोत्सव सञ्चालन भईरहेको छ ।
महोत्सवको दोस्रो दिन आज ३० लाख बराबरको आर्थिक कारोबार तथा ५ हजार बढि दर्शकले मेला अवलोकन गरेको आयोजकको दावि छ । मेला अवधिभर २ लाख बढी दर्शकले अवलोकन गर्दै ४ करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा गरीएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव तथा महोत्सवका निर्देशक छवि रेश्मी मगरले जानकारी दिनुभयो ।
महोत्सवको दोस्रो दिन आज लोक तथा दोहोरी गायिका पुर्णकला बि.सि., पप तथा आधुनिक गाएक सुनिल गिरी, हास्य कलाकार विष्णु जि पाण्डे माईला बा लगायतका कलाकारले दर्शकहरुलाई भरपुर मनोञ्जन प्रदान गरेका थिए ।
त्यसैगरी आज देखि सुरु भएको छैठौ कपिलवस्तु डान्स आईडलको रोमाञ्चक प्रतिस्पर्धाले पनि दर्शकको ध्यान खिचेको थियो । महोत्सवको तेश्रो दिन भोली हास्यकलाकार राजा राजेन्द्र, लोक तथा दोहारी गायक मिलन लामा, लोक गायिका हरिमाया रायमायझी, सुशीला विक लगाएतका कलाकारले रौनकता थप्ने महोत्सवका सांस्कृतिक संयोजक शंकर प्रसाद न्यौपानेले बताउनुभयो । साथै भोली देखि महोत्सव परिसरमा कुस्ति खेल प्रतियोगिता पनि सञ्चालने गर्ने बताइएको छ ।
महोत्वसवको सम्पुर्ण कार्यक्रम सामुदायिक टेलिभिजन बुद्धआवाजले निरन्तर प्रसारण गर्ने व्यवस्था मिलाईएको छ । हिजोबाट सुरुभएको महोत्सव पौष ३ गते दिन सम्म सञ्चालन हुनेछ ।