कपिलवस्तु २३ मंसिर
सातौ राष्ट्रिय खेलकुद प्रतियोगीत अन्र्गत पोखरामा संपन्न भएको क्षेत्रीय पश्चिमाञ्ल क्षेत्रीय स्तरको प्रतियोगीतामा कपिलवस्तु कुल १८ पद सहीत तेस्रो भएको छ । कपिलस्तुले ११ स्वर्ण, ५ रजत र २ कास्य पदह सहीत १६ जिल्लामा तेस्रो स्थान हासिल गरेको हो । बिहीवार बक्सिङ, २ सय मिटर दौड र ४ गुनाा चार सय मिटर दौडमा गरी कुल ३ स्वर्ण र २ सय मिटर दौडमा १ कास्य गरी कुल ४ पदक थपियो । बुधवार सम्म जिल्लाले कुल १४ पदम हासिल गरको थियो ।
प्रतियोगीतामा पोखरा प्रथम र नवलपरासी द्धितीय भए । दुबै जिल्ला भन्दा कपिलवस्तुको स्वाणर््को संख्या बढी भए पनि कुल पदक संख्या कम भएकाले तेस्रो भएको खेदुकद विकास समितिका सचिव मीन प्रसाद पोख्रेलले बताउनु भयो । हिजो ६९ केजी तौल अन्र्गत बक्सिङमा सागर शाही प्रथम भई स्वणस् जिते । यस्तै २ सय मिटर दौडमा संदीप थारुले स्वर्ण र जयसराम थारुले रजत पदक हासिल गरे ।
जयसराम बुधवार सय मिटरको दौडमा स्वर्ण दिलाएका थिए । चास सय गुना चार सय मिटरमा पनि कपिलवस्तुलाई खेलाडीहरुले स्वर्ण दिलाए । बुधवार १ सय गुना सय मिटर रिलेमा पनि जिल्लाले स्र्वा जितेको थियो । यस अघि महिला र पुरुष टेबल टेनिसमा पनि जिल्लालाई स्वर्ण प्राप्त भएको थियो ।
यस बर्षको क्षेत्रीय स्तरको प्रतियोगीतामा कपिलवस्तुले एतिहाहिस जित हासिल भएको पोख्रेलले बताउनु भयो । यस अघि जिल्लाले ७ वटा स्वर्ण मात्र जितेको थियो ।
यस बर्ष खेलाडीहरुले जिल्लाको नाम उचो राख्न सफल भएको समितिका अध्यक्ष छबी रेस्मी मगरल बताउनु भयो । ‘ यस बर्ष खेलाडीहरुले अपेक्षा भन्दा राम्रो प्रर्दशन गरेका छन ’ उहाले भन्नु भयो । पदक दिलाउने सबै खेलाडीहरुलाई सम्मानित गरिने उहाले बताउनु भयो । पोखरा रंगशालामा भएको प्रतियोगीतामा छनौट भएको खेलाडीहरु पुस ८देखि १५ गते सम्म बिराटनगरमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने छन् ।