हरिश ढकाल— बुटवल २३ मंसिर ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रिय छनौट चरण अन्र्तगत बुद्धिचाल प्रतियोगिताका लागि सहभागि हुन जाने रुपन्देहीका खेलाडीहरुलाई बिदाई गरिएको छ ।
भोली देखि पाल्पाको तानसेनमा हुने क्षेत्रिय छनोटमा सहभागिता जनाउन रुपन्देहीबाट २ जना अफिसियल सहित ६ जना खेलाडीलाई आज एक समारोह बिच बिदाई कार्यक्रम गरिएको छ ।
जिल्ला खेलकुद बिकास समितिमा आयोजित कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रिय उपाध्यक्ष माधवप्रसाद प्रधानले खेलाडी तथा अफिसियलहरुलाई टिका तथा खादा ओढाएर बिदाई गर्दै रुपन्देहीको ईतिहास कायम गर्न र पदक सुरक्षित गर्न आग्रह गर्नु भयो । प्रतियोगिता २६ गतेसम्म चल्ने छ ।