शिब भुसाल, भैरहवा, २१ मंसिर ।
सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथि हिजो साझ गोलि प्रहार भएको छ । गल्लामण्डी स्थित आफ्नौ व्यवसायीक प्रतिष्ठान बसिरहेको समयमा मोटर साईकलमा आएका अज्ञात समुहबाट न्यौपाने माथि गोली प्रहार भएको थियो ।
गोलि न्यौपानेको कोाबाट छलिएकोले उहां सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ । यसै विच घटना भएको १५ मिनेट भित्र नै गोली प्रहार गर्ने २ जनालाई भैरहवाको लुम्बिनी रोडबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।
पक्राऊ पर्नेहरुमा रुपन्देही सिपवा वडा नम्बर ५ बस्ने विरेन्द्र यादव र अर्का एकजना रहेको प्रहरीले जनएको छ ।